काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले देशभर पछिल्लो २४ घण्टामा ९ सय ८० जना कोरोना संक्रमित थपिएको जानकारी दिए । यो सहित नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ४६ हजार २ सय ५७ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८ सय १४ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट आइसोलेसनबाट डिस्चार्ज भएका छन्। योसहित हालसम्म निको हुनेको संख्या २८ हजार ९ सय नाघेको छ।
देशभर हाल सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए। विगत २४ घण्टामा ९ मृतकमा कोरोना पुष्टि भएको छ। योसहित हालसम्म कोरोनाबाट २८९ जनाको मृत्यु भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
