गण्डकीमा स्वास्थ्यकर्मी र फाईनान्स कर्मचारीसहित थप ६७ जनामा कोरोना पुष्टि

पोखरा । पछिल्लो समय गण्डकी प्रदेशमा ६७ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, चितवन मेडिकल कलेज, चितवन र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ६७ जनामा कोारेना संक्रमण पुष्टि भएको हो ।

Advertisement

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५१४ पुगेको छ।

आइतबार बिहान, कास्की, पोखरा महानगरपालिकाका २ जना महिला पार्कल्याण्ड अस्पताल, अमरसिंह चोकमा कार्यरत स्वास्थ्यकर्मी (स्टाफनर्श) हुन् ।

यस्तै, लमजुङ जिल्ला, बेशीसहरका २ जना रिलायन्स फाईनान्समा कार्यरत कर्मचारी हुन् भने अन्य सबै व्यक्तिहरुमा कन्ट्रयाक ट्रेसिङबाट कोरोना परीक्षण गरिएको थियो ।

अहिले सबै नयाँ संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लगिएको छ ।

More News last news
Loading...