यो साता निकै राम्रो छ यी ८ राशिको भाग्य, तपाईको राशि कुन ?

भदौ २० गतेदेखि २७ गतेसम्मको साप्ताहिक राशिफल

मेष
साथीको सहयोगले हौसला प्राप्त हुनेछ। क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ। अभिभावकबाट प्राप्त सुझावले अधुरा कार्य पूर्ण गर्न सहयोग पुग्नेछ। परोपकार कार्यमा रुचि बढ्नेछ। असहज परिस्थितिबाट उम्कन सोचेभन्दा बढी खर्च हुनेछ। साताको अन्त्यतिर स्वास्थमा ध्यानदिनु होला।

Advertisement

वृष
थौरै लगानीले सुरु गरेका व्यवसायले उचाइ लिइ मुनाफा आर्जन गर्न केही समय कुर्नु पर्नेछ । साझेदारीबाट थालिएका कामले फाइदा पुर्‍याउादै अन्य अवसरका ढोका खोल्ने छन् । रोजगारी तथा पदोन्नति प्राप्त गर्न कडा मेहनत गर्नुपर्ला । व्यवसायका सिलसिलामा विदेश यात्राको योजना तय हुनेछ ।

मिथुन
मित्रहरूले दिएका वचन फेरिन सक्छन्, हेक्का राख्नु होला । प्रतिस्पर्धा गर्दा सम्मानजनक स्थान पाइनेछ । विभिन्न बाधा तथा झन्भट स्वतस् फुकुवा हुने छन् । हरियो रंगको रचनात्मक प्रयोगले लाभ हुने देखिन्छ । साताको अन्त्यमा फजुल खर्चले सताउला।

कर्कट
प्रेमिकाले नयाा स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छिन् । पूर्वयोजना बेगर आकस्मिक यात्रा गर्नाले नसोचेको खर्च आइलाग्नेछ । वैदेशिक क्षेत्रमा गरिएका कामबाट प्रतिष्ठा प्राप्त भई पदोन्नति तथा इनामसमेत हात पर्नेछ । इच्छा बेगरै भोजभतेर तथा मनोरञ्जनमा उपस्थिति जनाइनेछ।

सिंह
राजनीतिक विचार परिवर्तन भई परोपकार तथा पुण्य आर्जनका काममा संलग्न भइनेछ । परिस्थिति पहिचान गर्न सके प्रतिष्ठा पाइनेछ । मित्रले दिएका वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला । अरूको मुख ताक्नाले पछि परिएला । सावधान रहनुहोला।

कन्या
प्रेमिकाको प्रस्तावलाई आलटाल गर्नाले आपसमा दूरी बढ्ने सम्भावना छ । समाजका समस्या सम्बोधन गरी युवा अभियानको नेतृत्व गर्ने अवसर मिल्नेछ । पूर्वयोजना सफल भई परिणाम हात पर्दा खुसी बढ्नेछ । यात्रामा सचेतता अपनाउनुहोला ।

तुला
दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ । साथीभाइसाग यात्रा गर्दा खर्चको भार आफूमा पर्नेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । प्रलोभन देखाउनेबाट टाढा हुादै राम्रो होला । रात्रिकालीन मनोरन्जनले स्वास्थमा बाधा पर्नेछ ।

वृश्चिक
पर्यटकीय स्थलमा प्रेमिकासागको भ्रमणले अरूको मन लोभ्याउनेछ । बिनायोजना पहिरन तथा गहना खरिद गर्दा खर्चले पिरोल्न सक्छ । पारिवारिक सल्लाहले चुनौतीलाई परास्त गर्न सहज हुनेछ । राज्यस्तरमा थलिएका प्रशासनिक कामबाट सहयोग मिल्नेछ । साताको अन्त्यतिर मठ मन्दिर परिक्रमा गरिनेछ ।

धनु
अनुभव नभएको व्यवसायमा मुनाफा दिलाउन प्रेमिकाले सहयोग गर्नेछिन् । अपरिचितलाई छिटो विश्वास गर्दा आर्थिक नोक्सानी हुने खतरा छ, विचार पुर्‍याउनुहोला । व्यवसायको क्रममा यात्रा गर्नुपर्ने हुनसक्छ । साताको अन्त्यमा सामाजिक सेवा गर्ने अवसर मिल्नेछ, जसले प्रतिष्ठा बढाउनेछ ।

मकर
प्रेमिकाको भाषा परिवर्तनले मनमा दुविधा उत्पन्न हुनसक्छ । त्यसैले प्रेमिकाको भावना बुझ्ने प्रयास गर्नुहोला । विभिन्न सभा सम्मेलनमा सहभागिता जनाउने अवसर मिल्नेछ । आकर्षक जिम्मेवारीले विशेष फाइदा पुग्नसक्ने देखिन्छ । व्यवसामा नयाा मित्रको आगमनले आर्थिक समस्या टरेर जानेछ । साताको अन्त्यतिर पारिवारिक भेटघाटमा रमाइनेछ ।

कुम्भ
ठूलो लगानीमा गरिएको कामले लाभ दिलाउनेछ। कुनै पनि काम गर्दा अभिभावकको रुचिलाई पनि ख्याल गर्नुहोला। पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ। पश्चिमतर्फको यात्रामा सहभागी हुदाा नीलो रंगको प्रयोग गर्नु उत्तम हुनेछ।

मीन
परिस्थितिले खराब आचरण भएकाको संगतमा पुर्‍याउन सक्छ। मित्रहरूले सोचेजस्तो सहयोग नगर्दा बन्न लागेका काममा तगारो लाग्ने सम्भावना छ। किचलो र विवादबाट टाढा रहादा नै कल्याण होला । साताको अन्त्यमा मन मिल्ने साथीसाग रमाइलो भेटघाट हुनेछ।

More News last news
Loading...