काठमाडौँ । काठमाडौँ उपत्यकामा थप ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
काठमाडौँमा ३२६, ललितपुरमा ३७ र भक्तपुर ४५ गरी ४०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए।
यो सँगै पछिल्लो २४ घण्टामा नेपालमा १०४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जसमा महिला ३४९ र पुरुष ६९२ जना रहेका छन् । यो सँगै देशमा हालसम्म कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५६६ जना रहेको छ भने कुल निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
