अर्थमन्त्री डा युवराज खतिवडाले दिए राजीनामा

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले पदबाट राजिनामा दिएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन्।

राजीनामा बुझाउनु अघि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी बनेका थिए। मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफूले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको प्रतिक्रिया दिए।

Advertisement

वित्तीय संघीयतामा शून्यबाट अगाडि बढेको र आधार बनाउनु पर्ने समय भएकाले बढी नै चुनौती रहेको अर्थमन्त्री खतिवडाको भनाइ थियो ।

आफ्नो कार्यकालमा राजस्व प्रशासनमा समेत सुधार भएको खतिवडाले बताए। खासगरी भ्याट फिर्ता खारेजीको निर्णयलाई अर्थमन्त्रीले सफल निर्णय मानेका छन्। यसअवधिमा खर्च प्रणाली र लेखा प्रणालीमा समेत उल्लेख्य सुधार भएको प्रतिक्रिया अर्थमन्त्रीले दिए।

More News last news
Loading...