काठमाडौँ । ललितपुरको पुल्चोकस्थित रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयमा स्थानीय र प्रहरीबीच भएको हिंसात्मक झडपप्रति नेपाली कांग्रेस संसदीय दलले दुख व्यक्त गरेको छ।
संसदीय दलले आज विज्ञप्ति जारी गर्दै सदियौं देखि चल्दै आएका जात्रा, संस्कृति र परम्परा संरक्षण गर्नु हामी सबैको दायित्व भएकाले कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी उच्च सतर्कता अपनाई रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन समेत सम्बन्धीत निकायलाई आग्रह समेत गरेको छ।
सदियौं देखि चल्दै आएका विभिन्न जात्रा पर्व हाम्रो संस्कृति र परम्पराका धरोहर हुन्। तर हाल देश नै कोभिड १९ महामारीको कारण आक्रान्त रहेको अवस्थामा परम्परागत रुपमा चल्दै आएका महत्वपूर्ण जात्रा सञ्चालनका लागि प्रशासन, जात्रा आयोजक, स्थानीय निकाय र सम्बन्धित सबै पक्ष बीच आवश्यक समन्वय हुनु जरुरी थियो । तर समन्वय अभावको कारण आजको दुःखद परिस्थिति सृजना भएको हो, संसदीय दलले जानकारी गरेको विज्ञप्तिमा भनिएको छ।
आजको घटनामा घाइते भएका सम्पूर्ण व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको काम पनि काम गरिएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
