काठमाडौँ । राष्ट्रिय चिकित्सा आयोगले कुनै स्पष्ट आधार बिनानै देशभरका सिटीइभिटीई अन्तर्गतका टीएसएलसी लेबलको सीएमए, अनमी ,ल्याब आशिष्टेन्ट, आयुर्वेद लगाएतका कार्यक्रम फेज आउट गर्ने निर्णय गरेको भन्दै त्यसको चौतर्फी बिरोध भइरहेको छ।
चिकित्सा आयोगले राष्ट्रिय चिकित्सा ऐनको मर्मविरुद्ध उक्त निर्णय गरेको भन्दै उक्त कार्यक्रम सञ्चालन गरिरहेका देशै भरका सम्पुर्ण संस्थाहरुले विरोध जनाइरहेका छन्।
हाल कोभिड १९ को कारण देशको यस्तो विसम परिस्थितिमा सरकारी मापदण्डलाई मध्यनजर गरेर शान्तिपूर्वक आफ्नो न्यायको लागी विभिन्न चरणका कार्यक्रम गर्दै आएका छ्न्।
सोही अनुसार आज पनि कास्की लगाएत देशभरका जिल्ला प्रमुख अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन्।। ज्ञापन पत्र बुझाउँदै गण्डकी टेक्निकल ईन्स्टिच्युटका अध्यक्ष एवं निजि प्राबिधिक शिक्षालय महासंघ, गण्डकी प्रदेशका सचीव ध्रुव शर्माले राष्ट्रिय चिकित्सा आयोगको विभेदकारी र अन्यायपूर्ण निर्णयविरुद्ध राष्ट्रब्यापी आन्दोलन गर्ने चेतावनी दिए।
उनले देशको विषम परिस्थितिमा सम्यम भएर सरकारी मापदण्ड अनुसार शान्तिपूर्ण रुपमा विरोध कार्यक्रम गरिरहेको पनि जानकारी दिए।


![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
