बागलुङ बाढीमा बेपत्ता ८ जनाको शव फेला

पोखरा । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा बगाएका ८ जनाको शव फेला परेको छ। बुर्तिबाङ्गका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले ८ जनाको शव विभिन्न स्थानमा फेला परेको जानकारी दिएका हुन्।

बाढी आउँदा कम्तिमा ३६ जना बेपत्ता भएको तथा झन्डै ५० देखि ५५ घर बगाएको स्थानीय समाजसेवीले जानकारी दिएका छन्।

Advertisement

सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा कम्तिमा ३६ जना बेपत्ता भएको स्थानीय समाजसेवी कुशल बिकले जानकारी दिए।

ढोरपाटन नगरपालिकाको वडा नम्बर–९ साबिक बोबाङ्ग गाबिसको पनि वडा नम्बर–९ को दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्ती बगरमा परिणत भएको बिक बताउँछन्।

‘इतिहास कै अकल्पनीय घटना घटेको छ,’ बिकले भने, ‘म अहिले घटनास्थलमै छु बेपत्ताहरुको नाम विवरण टिप्दै जाँदा ३६ जना पुगेका छन् र ५० देखि ५५ घर बगाएको अनुमान छ।’

More News last news
Loading...