काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ र चितवनमामा ३–३ जनाको मृत्यु भएको जानकारी दिए। काठमाडौँका मृतकमा १ महिला र २ पुरुष रहेका छन् । यस्तै चितवनमा पनि २ महिला र १ पुरुषको मृत्यु भएको छ भने ललितपुर, तनहुँ र कपिलवस्तुमा पनि १–१ महिलाको मृत्यु भएको छ।
यस्तै बाराका, भक्तपुर र धादिङका १–१ गरी ३ पुरुषको मृत्यु भएको छ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर ३२० महिला र ८०० पुरुष गरी ११२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै हालसम्म देशभर कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
