काठमाडौँ । काठमाडौँ उपत्यकामा थप ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ गरी ३८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
यससहित आज देशभर ३२० महिला र ८०० पुरुष गरी ११२० जना संक्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिए। यस्तै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
