काँग्रेसको १४ औँ अधिवेशनले महिलाको नेतृत्व खोजेको छ: डा. डिला संग्रौला

काठमाडौँ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नेपाली काँग्रेसको १४ औँ महाधिवेनले महिलाको प्रतिनिधित्व मात्रै नभई महिलाको नेतृत्व खोजेको बताएकी छन् ।

मंगलबार नेपालको प्रथम महिला नेता श्री मंगला देवि सिंहको २४औं स्मृति दिवसको अवसरमा “मंगलामा र महिला अधिकार“ विषयक कार्यक्रममा बोल्दै संस्थाको संथापक अध्यक्ष समेत रहेकी नेतृ संग्रौलाले अबको काँग्रेस महाधिवेशनबाट महिलाको प्रतिनिधित्व मात्रै नभइ महिलाको सशक्त नेतृत्व आउनुपर्ने बताएकी हुन् ।

Advertisement

भर्चुअल विधिमार्फत भएको उक्त भव्य छलफल कार्यक्रममा बोल्दै नेतृ संग्रौलाले सबैभन्दा ठुलो प्रजातान्त्रिक पार्टी काँग्रेसभित्र अझै महिला नेतृत्वमा नभइ प्रतिनिधित्व मात्रै बन्दै आएको भन्दै अबका दिनमा अझै सक्रिय भएर सबै महिला नेतृहरु मंगलामाले देखाएको बाटोमा लाग्नुपर्ने बताइन् ।

अधिवेशनमा पदाधिकारी मध्य मूख्य महिला दाबेदार मानिएकी नेतृ संग्रौलाले भनिन्, “हामी अहिले पनि मंगलमाले देखाएको बाटोमा हिँड्न सकेका छैनौँ । उहाँले विशेषगरी तीन कुरालाई विशेष ध्यान दिनुभएको थियो । जुन अहिले पनि सान्र्दभिक छ । राजनीतिमा महिला शसक्तिकरण मंगलमाको मुख्य उद्देश्य हो । उहाँले सँधै अधिकार मागरेर पाइँदैन खोसेर लिनुपर्छ भन्नुहुन्थ्यो । त्यो पनि हामीले गर्न सकेका छैनौँ ।”

मंगलमाले पार्टी र पार्टी बाहिर महिला, पुरुष समानता र न्यायका लागि सँधै लडिरहनु भयो नेतृ संग्रौलाले थपिन्, ‘उहाँले त्यतिबेला राणा विरुद्ध प्रजातन्त्र स्थापनाका लागि घरैदेखि लड्न सुरु गर्नुभयो । अब हामी पनि उहाँको बाटोमा हिँड्न सक्नुपर्छ ।’

‘१४औँ महाधिवेशनमा महिलालाई क्रियाशील बनाउन जरुरी’ 

कार्यक्रमा बोल्दै काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले काँग्रेसको १४ औँ महाधिवेशनका लागि महिलालाई क्रियाशील बनाउन जरुरी रहेको बताएका छन् ।

स्वः मंगलादेवि सिंह नेपाली महिलाको अधिकारका लागि आवाज उठाउने तथा उनीहरुको पहिचान, स्वतन्त्रताका लागि लड्ने साहसी महिला भएको बताउँदै उनको बाटो समाउन पनि अबको अधिवेशनमा काँग्रेस नेतृहरु क्रियाशिल हुनुपर्ने बताएका हुन्।

पूर्व महामन्त्री प्रकाशमान सिंह

“संविधानमा महिलालाई ३३ प्रतिशत अधिकार दिइए पनि महिलाको अधिकार किन स्थापित हुन सकेन, काँग्रेसजस्तो प्रजातान्त्रिक पार्टीमा किन महिला पछाडि परे, यसबारे सरकार र पार्टीभित्र छलफल हुनुपर्छ”,  उनले भने।

 

 

कार्यक्रममी संयोजक तथा मंगलादेवि प्रतिष्ठानकी अध्यक्ष गंगा लक्ष्मी अवालको सभापतित्वमा भएको कार्यक्रममा ‘मंगलामाँ प्रतिष्ठान’ को प्रदेश १ संयोजक विजया कटवाल, प्रदेश २ की संयोजक संगीता कर्माचार्य चौधरी, बागमती संयोजक तारा गुरुङ, गण्डकी प्रदेश संयोजक सन्ध्या पोखरेल, प्रदेश ५ की संयोजक गिरिजा न्यौपाने, कर्णाली प्रदेश संयोजक जानकी सिँहर सुदुरपश्चिम पदेश संयोजक शान्ति बोहोरा पुजराले आ-आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारी, एनपी साउद, काठमाडौँ महानगरकी उपप्रमूख हरिप्रभा खड्की लगायतले मंगलामाले खेलेको भूमिकाको चर्चा गर्दै मंगला आमाहरु विश्वमै अधिकार दिलाउने, मानव अधिकार दिलाउने, रङ्गभेद विरुद्धको आन्दोलनमा लाग्ने इतिहाँसकै उचा चम्किलो तारा भएको बताएका थिए।

कार्यक्रमको पूरा भिडियो

More News last news
Loading...