नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२९ पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

Advertisement

मन्त्रालयका प्रवक्ता गौतमले ३४४ महिला र ७२५ पुरुष गरी १०६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार नाघेको छ। उनका अनुसार संक्रमितको कुल संख्या जम्मा ४० हजार ५२९ पुगेको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमितमा काठमाडौँमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको गौतमले जानकारी दिए।

More News last news
Loading...