काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३४४ महिला र ७२५ पुरुष गरी जम्मा १०६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार नाघेको छ। उनका अनुसार संक्रमितको कुल संख्या जम्मा ४० हजार ५२९ पुगेको हो।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमितमा काठमाडौँमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको गौतमले जानकारी दिए।
हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ। यस्तै संस्थागत आइसोलेशनमा १० हजार ८३२ र होम आइसोलेशनमा ७ हजार २८० जना रहेका छन् । १२ हजार ८८ जनाको पीसीआर परीक्षण भएको गौतमले जानकारी दिए।
यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ७६८ रहेको छ भने कुल निको हुनेको संख्या २२ हजार १७८ रहेको छ । यस्तै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
