बिरामी बोकेको एम्बुलेन्स त्रिशूलीमा खस्यो

काठमाडौँ । काठमाडौँबाट बिरामी लिएर सर्लाहीतर्फ जाँदै गरेको एम्बुलेन्स पृथ्वी राजमार्गअन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिका–३ पानीधारा भन्ने स्थानमा दुर्घटना भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।

ना ५ च १०३३ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई मंगलबार बिहान करिब सवा ५ बजे सडकबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

Advertisement

दुर्घटनामा एम्बुलेन्स चालक झापा गौरीगन्ज गाउँपालिका १ बस्ने २८ वर्षीय सरोज दाहाल, सर्लाहीको बरहथवा नगरपालिका–२ हजारिया बस्ने ५० वर्षीया दिलमाया रानामगर, सोही स्थानकै १५ वर्षीय बाधे रानामगर, २६ वर्षीया मेक कुमारी राना मगर र ३४ वर्षीय नरबहादुर मगर घाइते भएका छन्।

घाइतेहरुमध्ये १५ वर्षीय बाधे रानामगरको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुरतर्फ पठाइएको छ।

More News last news
Loading...