काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। यो सँगै मृतकको कुल संख्या २२८ पुगेको छ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले महोत्तरीमा ४ वर्षीय बालिकासहित ७ जनाको मृत्यु भएको बताए।
मृतकमा गोरखा र रुपन्देहीका २ महिला रहेका छन्। यस्तै झापा, रौतहट, चितवन र भक्तपुरका पनि १–१ जनासहित ४ पुरुषको मृत्यु भएको उनले बताए।
आज देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतमले महिला ३०३ र पुरुष ५९६ जना गरी देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको उनले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
