काठमाडौँ । काठमाडौँ उपत्यकामा थप २ सय ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा उपत्यकाका ३ जिल्लामा २ सय ९८ जना संक्रमित फेला परेको जानकारी दिइएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १९०, ललितपुर ६७ र भक्तपुरमा ४१ जना संक्रमित भएको बताए।
आइतबार मात्रै उपत्यकामा ४ सय २९ जनामा कोरोना संक्रमण देखिएको थियो। आइतबार काठमाडौँमा ३७२, ललितपुर १२ र भक्तपुरमा ४५ जना संक्रमित भएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
