नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा नेपालमा कोरोनाबाट ४ महिला र १० पुरुषसहित १४ जनाको मृत्यु भएको जानकारी दिए।

Advertisement

मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १-१ जना रहेका छन्। त्यस्तै मृतक पुरुषमा महोत्तरी र रुपन्देहीका २–२ तथा सुनसरी, मोरङ, रौतहटका, ललितपुर, भक्तपुर र नवलपरासीका १-१ जना गरी १० जना रहेका छन्।

यो सँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२१ जना पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ३४८ महिला र ८७३ पुरुष गरी जम्मा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३८,५६१ पुगेको छ।

More News last news
Loading...