काठमाडौँ । गुल्मी, पाँचथर र कालीकोटमा निषेधाज्ञा हटेको छ। कोरोना संक्रमण फैलन नदिन सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गरेकामा संक्रमणको जोखिम घटेपछि निषेधाज्ञा हटाएका हुन्।
तीनवटा जिल्लामा हटेपछि निषेधाज्ञा भएको जिल्ला ४९ वटा भएका छन्। बिहानसम्मको तथ्याङ्क अनुसार ४९ जिल्लामध्ये ३९ वटा जिल्लामा पूर्ण र १० वटा जिल्लामा आंशिक निषेधाज्ञा रहेको गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए।
४९ वटा जिल्लमा निषेधाज्ञा जारी
बितेका केही दिनदेखि निषेधाज्ञा लगाउने जिल्ला थपिने क्रम घटेको छ। पूर्ण निषेधाज्ञा भएका जिल्लामा काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरसहित सुनसरी, सर्लाही, स्याङ्जा, सिरहा, रौतहट, धनकुटा, पाल्पा, रामेछाप, दोलखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक र गोरखा रहेका छन्।
यस्तै अर्घाखाँची, कास्की, डोल्पा, मोरङ, डोटी, कैलाली, प्यूठान, सप्तरी, धनुषा, पर्सा, महोत्तरी, बारा, दैलेख, कन्चनपुर, डडेल्धुरा, तेह्रथुम, संखुवासभा, रुपन्देही, चितवन, बैतडी, कपिलवस्तु, र दाङमा पनि पूर्ण निषेधाज्ञा रहेको छ।
आंशिक निषेधाज्ञा रहेका जिल्लाहरुमा नुवाकोट, जुम्ला, दार्चुला, झापा, मकवानपुर धादिङ, तनहुँ, बाग्लुङ, रुकुम पश्चिम र जाजरकोट रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
