काठमाडौँ । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले सरकारद्वारा गठित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई १५ लाख रुपैयाँ उपलब्ध गराएको छ।
युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले संकटका बेलामा थोरै भएपनि रोकथामका लागि संस्थाको तर्फबाट सहयोग गरिएको बताए।
युनियनले केन्द्रका संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलालाई सो चेक हस्तान्तरण गरेको हो।
युनियनकी कोषाध्यक्ष सिन्धु पाण्डले युनियनले पटक–पटक विभिन्न समस्यामा आफूहरुले सहयोग गर्दै आएको बताइन्।
उनले यसअघि पनि भूकम्प पीडितलाई, बाढीपीडितलाई र अन्य संकटमा परेकालाई सहयोग गर्न सरकारलाई यसरी नै रकम उपलब्ध गराएको समेत बताएकी छिन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
