रक्षा, गृह र स्वास्थ्यमन्त्रीको कोरोना परीक्षण रिपोर्ट आयो

काठमाडौँ । कन्ट्याक ट्रेसिङमा परेका उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री र प्रधानसेनापतिसहितका पदाधिकारीको कोरोना परीक्षण रिपोर्ट आएको छ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) को गत आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उनीहरुको पिसीआर परीक्षण गरिएको थियो। जसमा उनीहरुको रिपोर्ट नेगेटिभ देखिएको छ।

Advertisement

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत सिसीएमसीको उक्त बैठकमा सहभागी थिए।

उनीहरुको स्वाब बिहान संकलन गरिएकामा शनिबार साँझ परीक्षणको नतिजा नेगेटिभ आएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए।

More News last news
Loading...