काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ।
शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या कुल २०७ पुगेको जानकारी दिए।
मृतकमा ३ महिला र ९ पुरुष रहेका छन्। पाल्पा, काठमाडौँ र भक्तपुरका १-१ गरी ३ महिलाको मृत्यु भएको गौतमले बताए।
यस्तै पर्सा र ललितपुरका २-२ तथा सिरहा, गोरखा, कास्की, काठमाडौँ र भक्तपुरका १-१ जना ८ जना पुरुषको मृत्यु भएको उनले जानकारी दिए।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
