काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा कन्ट्याक्ट ट्रेसिङमा परेपछि होम आइसोलेसनमा बसेका छन्।
सोही कारण भोलि (शनिबार) का लागि डाकिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ।
उनीहरुको उपस्थिति हुन नसक्ने भन्दै सचिवालय बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको छ । उपप्रधान तथा रक्षामन्त्री पोखरेल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति सीसीएमसीका संयोजकसमेत हुन् ।
आइसोलेसनमा रहेका अर्को नेता गृहमन्त्री हुन्। मुलुकमा कोरोना संक्रमण तीव्र फैलिरहेको अवस्थामा दुबै जनाको अहिलेको अवस्थामा निक्कै महत्वपूर्ण भूमिका रहेको हुन्छ।
यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल होम आइसोलेसनमा बसेका कारण बैठक १३ गतेका लागि बोलाइएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
