बीपी प्रतिष्ठानमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

झापाको दमक–३ घर भएका ८३ वर्षीय पुरुष र मोरङको बेलबारी–५ की ५६ वर्षीया महिलाको मृत्यु भएको हो ।

Advertisement

८३ वर्षीय पुरुष बी एण्ड सी टिचिङ अस्पताल विर्तामोड झापाबाट रिफर भएर धरानस्थित प्रतिष्ठानमा आएका थिए ।

उनी उच्च रक्तचाप, मधुमेह, अल्प रक्त कोशिका र मिर्गौलाको दीर्घकालीन समस्याबाट पनि पीडित थिए । उनमा भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी ५६ वर्षीया महिला कोशी अञ्चल अस्पतालबाट रिफर भएर प्रतिष्ठानमा भर्ना भएकी हुन् ।

उनमा अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपनि दीर्घकालीन रोगबारे केहि खुलेको छैन् ।

More News last news
Loading...