काठमाडौँ । खाद्यान्न तथा पकाइएको खाद्य वस्तु ग्राहकको मागअनुसार डेलिभरी सेवा प्रदान गर्ने आधा दर्जन सेवा प्रदायकका सञ्चालकसहित ८० जनालाई बिहीबार प्रहरीले पक्राउ पर्यो।
निषेधाज्ञा उल्लघंन गर्दै अनलाइनको माध्यमबाट प्रचार गरेर व्यवसाय जारी राखेको भन्दै पक्राउ परेका डेलिभरीब्वाई तथा सञ्चालकलाई प्रहरीले निषेधाज्ञा अवधिभर सेवा बन्द गर्ने कागज गराएर छाडेको छ।
पक्राउ पर्नेमा फूडमाण्डू, यूजी केक, निप एक्सप्रेस, किराना अनलाइन, भोज डिलसहित लगायतका सात सेवा प्रदायकमध्ये ६ वटा कम्पनीका सञ्चालक र डेलिभरी ब्वाईरहेका थिए।
उपत्यकाको दरबारमार्ग, महाराजगञ्ज, मालीगाउँ, तीनकुने, बानेश्वर लगायतका ठाउँबाट सञ्चालकलाई र डेलिभरी ब्वाईलाई भेटेकै ठाउँबाट प्रहरीले पक्राउ गरेको थियो।
जिल्ला प्रशासनको नयाँ सूचनापछि रेष्टुरेन्टको पकवान लगायतका वस्तु डेलिभरी छोडेर अतिआवश्याक खाद्यन्न तथा तरकारीको डेलिभरी सेवा सुरु गरेको फूडमाण्डुले दाबी गरेको छ।
मानिसको खास आवश्यकता नै डेलिभरी गर्ने नीतिअनुसार काम गरे पनि प्रहरीले प्रशासनले दुःख दिएको फूडमाण्डुका एक अधिकारीले बताए ।
प्रहरीले दाल, चामल तरकारी, डाइपर र रेष्टुरेन्ट परिकार डेलिभरी गर्ने सबैलाई एउटै डालोमा हालेको किरानाका सञ्चालक सागरदेव भट्टको आरोप छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
