भारतमा ह्वात्तै बढ्यो कोरोना संक्रमणदर, अमेरिका र ब्राजिलमा घटे

काठमाडौँ । पछिल्लो केही समययता भारतमा कोरोना संक्रमणदर झन् बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा भारतमा विश्वकै सबैभन्दा धेरै ७६ हजार ८ सय २६ जना नयाँ संक्रमित थपिदा अमेरिकामा ४६ हजार २ सय ८६ र ब्राजिलमा ४२ हजार ४८९ जना संक्रमित थपिएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट १ हजार ६५ जनाको मृत्यु हुँदा अमेरिकामा ११ सय ४३ र ब्राजिलमा ९७० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

Advertisement

भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ३३ लाख ८४ हजार ५७५ पुगेको छ भने ६१ हजार ६ सय ९४ जनाको मृत्यु भएको छ।

त्यस्तै अमेरिकामा हालसम्म ६० लाख ४६ हजार ६३४ जना कोरोना संक्रमित बनेका छन् भने १ लाख ८४ हजार १९६ जनाको मृत्यु भएको छ।

त्यस्तै ब्राजिलमा हालसम्म ३७ लाख ६४ हजार ४९३ जना संक्रमित भएका छन् भने १ लाख १८ हजार ७२६ जनाको मृत्यु भएको छ।

More News last news
Loading...