काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ३७७ कोरोना भाइरसका संक्रमित फेला परेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ गरी जम्मा ३७७ जना कोरोना संक्रमित भेटिएका हुन्।
बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन्।
यो सहित नेपालभर पछिल्लो २४ घण्टामा मात्रै १ हजार ११ कोरोना संक्रमित थपिएका छन्। जसमध्ये ३३४ महिला र ७७७ पुरुष रहेका छन् । यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना निको भएर ५६९ जना घर फर्किएका छन् । यो सँगै निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ।
त्यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ। जसमा होम आइसोलेशनमा ६ हजार २१० जना र संस्थागत आइसोलेसनमा ९ हजार ६३ रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
