बुटवलको कोरोना अस्पतालमा उपचाररत पुरुषको ज्यान गयो

बुटवल । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत थप एक जना संक्रमितको ज्यान भएको छ।

कपिलवस्तु नगरपालिका-१ का ५० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति ज्यान गएको अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए।

Advertisement

भदौ ५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पता जस्ता समस्या रहेको थियो।

More News last news
Loading...