आज यी स्थानमा भारी वर्षाको सम्भावना, यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

काठमाडौँ । आज देशभर मौसम बदली भइ केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा बदलीसहित भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार देशभर मनसुन न्युन चापीय रेखा पश्चिमि भूभाग नजिक रहेका कारण अझै केहीस दिन बदलीसहित वर्षाको सम्भावना रहेको छ।

Advertisement

साथै उत्तरी बंगालको खाडिमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडीबाट जलवाष्फ युक्त हावाको प्रभाव रहेको महाशाखाले जनाएको छ।

जसका कारण हाल देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

भाद्र ११ गते (बिहिबार)

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भाद्र १२ गते (शुक्रबार)

भाद्र १३ गते (शनिबार)

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १ र प्रदेश २ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २,बागमती प्रदेश र गण्डकी प्रदेश का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

More News last news
Loading...