काठमाडौँ । पछिल्लो समय मुम्बई हमलाका मुख्य आरोपी दाउद इब्राहिमका नाम पाकिस्तानकी प्रमुख फिल्म अभिनेत्री ‘ग्ल्यामरस गर्ल’ मेहविश हयातसँग जोडिएको छ।
दाउदले हयातलाई थुप्रै फिल्ममा काम दिलाएको बताइन्छ भने मेहविशलाई ‘ग्याङ्गस्टर गुडिया’ को नामले पनि चिनिन्छ।
भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार हयातको दाउदसँग मात्रै नभई थुप्रै क्रिकेटर र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग पनि नजिकको सम्बन्ध छ। गत वर्ष मेहविश हयातलाई पाकिस्तानको नागरिक पुरस्कारमध्ये एक तमगा-ए-इम्तियाजबाट सम्मान गरिएको थियो।
उनले उक्त सम्मान पाएपछि विभिन्न चर्चा परिचर्चा भएका थिए । थुप्रै मानिसहरुले हयातको थुप्रै शक्तिशाली मानिसहरुसँग सम्बन्ध भएका कारण उक्त पुरस्कार पाएको बताएका थिए । एक प्रमुख वेबसाइटले त्यति नै बेला दाउद इब्राहिमसँग उनको निकटताबारे पनि संकेत दिएको थियो ।
आफ्नो सुन्दरताका लागि परिचित हयात पाकिस्तानकी एक चर्चित गायिका पनि हुन् र उनले थुप्रै पटक चर्चित हस्तीसँग कार्यक्रम सञ्चालन पनि गर्ने गरेकी छिन् । यीमध्ये क्रिकेट खेलाडी, राजनेता र उद्योगपती पनि छन् ।
मिडिया रिपोर्टका अनुसार हयातले पाकिस्तानी फिल्ममा आइटम नम्बर गरेपछि चर्चा पाइन् । त्यसपछि उनी दाउद इब्राहिमको सम्पर्कमा आइन् र उनकै कारण उनले थुप्रै हाई बजेट फिल्ममा काम पनि पाइन् ।
दाउदले पाकिस्तानका फिल्मी उद्योगमा लगानी गर्ने गरेको पनि बताइन्छ । उनको कराची र लाहौरा थुप्रै ठूला निर्माता र निर्देशकसँग सम्बन्ध भएको पनि जानकारीमा उल्लेख छ ।
दाउद इब्राहिम ६४ वर्ष पुगे । उनीभन्दा २७ वर्ष कान्छी ३७ वर्षकी हयातको ट्वीटरमा १४ लाख फलोअर्स छन् । हालै हयातलाई सोसल मिडियामा निकै ट्रोल गरिएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
