काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दुई महिलासहित थप ११ जनाको मृत्यु भएको जानकारी दिए।
मृतकमा मोरङ र भक्तपुरका दुई जना महिला रहेका छन्। कैलालीका २, महोत्तरीका ३, बाँकेका १, काठमाडौँका १ र बाराका २ जना पुरुष रहेका छन्।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ८८५ जना कोरोना संक्रमित फेला परेका छन्। यो सँगै देशभर संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
