काठमाडौँ । काठमाडौँ उपत्यकामा बितेको २४ घण्टामा ३०१ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
यतिधेरै संख्यामा काठमाडौँमा कोरोना संक्रमित पुष्टि भएको यो पहिलो पटक हो। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा २३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ गरी ३०१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
यस्तै उपत्यकासहित देशभर पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै देशभर संक्रमितको कुल संखया ३४ हजार ४१८ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
