काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै देशभर हालसम्म संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ।
उनका अनुसार पछिल्लो २४ घण्टामा ३८५ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संखया १९ हजार ५०४ पुगेको छ।
यस्तै हाल देशभर १४ हजार ७३९ जना सक्रिय संक्रमित रहेका छन् भने आइसोलेशनमा ६ हजार २८ जना र संस्थागथत आइसोलेसनमा ८ हजार ७११ जना रहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
