काठमाडौँ । ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ने बारे अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन्।
सामाजिक सञ्जालमा कुलमान पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको चर्चा भइरहेका बेला उर्जामन्त्री पुनले मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव मन्त्रीपरिषद्मा नलगिएको स्पष्टिकरण दिएका हुन्।
कुलमानलाई पुनः प्राधिकरणमा निरन्तरता दिने निर्णय भएको हो भन्ने प्रश्नमा मन्त्री पुनले भने, अहिलेसम्म कुनै निर्णय भएको छैन्। कुनमानलाई पुनः नियुक्ति गर्ने वा नगर्ने भन्ने बारेमा मन्त्रालयबाट मन्त्रिपरिषद्मा अहिलेसम्म कुनै प्रस्ताव पठाएका छैनौँ।
मंगलबार मन्त्रिपरिषद्को बैठक रहेपनि यसबारे एजेण्डा नरहेको मन्त्रालय स्रोतको भनाइ छ।
विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला फैलिएको थियो।
‘घिसिङ’ उनी व्यक्ति हुन्, जसले नेपाललाई पूर्ण लोडसेडिङ मुक्त बनाएका थिए। उनी नेतृत्वमा आएसँगै देश लोडसेडिङ मुक्त बनेपछि उनलाई फेरि सोही पदमा दाहोर्याउनु पर्ने माग तिब्र रुपमा उठेको छ। घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
