काठमाडौँ उपत्यकामा मात्रै थप २३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन्। जसमध्ये काठमाडौँ जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएका छन्।

Advertisement

यो सँगै २४ घण्टामा देशभर ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने हालसम्म संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ।

उनका अनुसार पछिल्लो २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ।

More News last news
Loading...