नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट थप ७ जनाको मृत्यु भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन्।

यो सँगै नेपालमा मृतकको कुल संख्या १६४ पुगेको छ।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। प्रवक्ता डा गौतमले थप ८५५ जना नयाँ बिरामी थपिएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको जानकारी दिए।

उनका अनुसार पछिल्लो २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ।

More News last news
Loading...