काठमाडौँमा कोरोना संक्रमणबाट कांग्रेस नेता रञ्जितको निधन, देउवाद्वारा दुख व्यक्ति

काठमाडौँ । कोरोना संक्रमणबाट काठमाडौँका कांग्रेस नेताको मृत्यु भएको छ।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका वडा नं २१ कार्यसमितिका सभापति ६७ वर्षीय गोविन्द रञ्जितको कोरोना संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको हो।

Advertisement

उनको उपचारका क्रममा बलम्बुमा रहेको सशस्त्र प्रहरीको कोरोना डेडिकेटेड अस्पतालमा मृत्यु भएको हो।

चार दिन अघिदेखि भेन्टिलेरमा राखेर उपचाररत उनको उनको मगंलबार मृत्यु भएको अस्पतालका प्रवक्ता डा प्रविण नेपालले बताए ।

उनका अनुसार साउन २७ गते कोरोना पुष्टि भएका उनी साउन ३१ गते अस्पताल भर्ना भएका थिए । ३२ गतेदेखि आईसीयूमा उपचाररत थिए।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार रञ्जितले विसं २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन यात्रा सुरु गरेका थिए । रञ्जितको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्।

More News last news
Loading...