काठमाडौँ । ६ दिनदेखि जारी निषेधाज्ञाका बिषयमा छलफल गर्न काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले छलफल गर्ने भएका छन्।
कोरोना महामारी र निषेधाज्ञालगायत सबै विषयमा छलफल गर्न मंगलबार दिउँसो ३ बजे सिडिओहरूबीच छलफल हुने भएको हो। उपत्यकामा कोरोना संक्रमण नघटेका कारण अझै निषेधाज्ञाको समयसीमा थप गर्ने संकेत देखिएको छ।
सरकारले उपत्यकासहित देशभर कोरोना संक्रमण बढेपछि एक हत्ताका लागि निषेधाज्ञा जारी गरेको थियो । जसको म्याद भोलि बुधबार १२ बजे सकिदै छ। बैठकमा तीन जना प्रमुख जिल्ला अधिकारीहरू मात्र सहभागी हुने बुझिएको छ।
उच्च स्रोतका अनुसार निषेधाज्ञालाई निरन्तरता दिने वा नदिने भन्नेबारे छलफल हुनेछ र निषेधाज्ञा बढाउने निर्णय हुन सक्ने बुझिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
