अमेरिका । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले रिपब्लिकन दलको राष्ट्रिय भेलामा पूर्व निर्धारित नगरिएको उपस्थिति जनाउँदै विपक्षी डेमोक्र्याटहरू नोभेम्बरको चुनाव धाँधली गर्न लागिपरेको दाबी गरेका छन्।
दोस्रो कार्यकालका निम्ति पनि उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउन रिपब्लिकन दलले स्वीकृती दिए लगत्तै ट्रम्प मञ्चमा आएर एक घण्टा सम्बोधन गरेका थिए।
उनले त्यहाँ आफूलाई जिताए अमेरिका अघि बढ्ने बताउँदै भने, यो चुनाव हामीले जित्नै पर्छ। यो हाम्रो देशको इतिहासकै सबभन्दा महत्त्वपूर्ण चुनाव हो। सबभन्दा ठूलो हो।
हाम्रो देश अत्यन्त खराब दिशामा जान सक्छ या त अझै राम्रो उचाइमा पुग्न सक्छ। चीनबाट प्लेग आउनु अगाडि हामी त्यही राम्रो दिशामा गइरहेका थियौँ।
धाँधलीको दाबी
उनले हुलाकमार्फत् गरिने मतदानलाई डेमोक्र्याटहरूले दुरुपयोग गरेर चुनावमा धाँधली गर्न लागेको आरोप कुनै प्रमाण विना लगाएका छन्।
यसपाली कोरोनाभाइरस महामारीका कारण हुलाकमार्फत् निकै सङ्ख्यामा मतदान हुने ठानिन्छ। स्वतन्त्र विज्ञहरू भन्छन् अमेरिकामा मतदानमा दुर्लभै अनियमितता हुने गर्छ।
यसपाली कोरोनाभाइरस महामारीका कारण हुलाकमार्फत् निकै सङ्ख्यामा मतदान हुने ठानिन्छ। स्वतन्त्र विज्ञहरू भन्छन् अमेरिकामा मतदानमा दुर्लभै अनियमितता हुने गर्छ।
ताजा मत सर्वेक्षणहरूमा ट्रम्प विपक्षी उम्मेदवार जो बाइडनभन्दा पछाडि परिरहेका छन्।
ट्रम्पका अगाडि ठूलो चुनौती
बीबीसीका उत्तर अमेरिका सम्वाददाता एन्थोनी जर्कर भन्छन् आधुनिक कालमा दोस्रो कार्यकाल जित्न अहिले ट्रम्पले सामना गरेजत्तिको चुनौती निकै कम अमेरिकी राष्ट्रपतिहरूले गर्नु परेको थियो।
मत सर्वेक्षणहरूमा ट्रम्प निरन्तर बाइडनको पछि परेका छन्। दुई बीचको दूरी थोरै तर उल्लेखनीय छ। ट्रम्पका निम्ति रिपब्लिकन दलको भेला यो स्थिति उल्ट्याउने उत्तम अवसर हुनसक्छ।
यो भेलामा ट्रम्पकी पत्नी मेलानियाका साथै उनका छोराछोरीहरू एरिक, जुनियर डोनल्ड, इभाना तथा टिफनीले पनि भाग लिनेछन्।
उनीहरूले भेलालाई सम्बोधन पनि गर्दैछन्। बिहीवार ट्रम्पले भेलाको समापनमा महत्त्वपूर्ण सम्बोधन गर्नेछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
