मेलिना राई र सुमन गैरेको गीत ‘उडी जाने जेट’ बजारमा (भिडियो)

काठमाडौँ । गायक सुदन गैरेको नयाँ गीत सार्वजनिक भएको छ।

गायक सुदन गैरे र गायिका मेलिना राईको सुमधुर स्वरमा ‘उडी जाने जेट’ बोलको गीतको भिडियो आइतबार युट्युबमा सार्वजनिक भएको हो।

Advertisement

यस गीतमा लेख सहयात्रीको शब्द र सुवास भुसालले संगीत रहेको छ भने संगीत संयोजन उदय राज पौडेलको रहेको छ।

गीतको भिडियोमा एलिशा शर्मा र भिजु पार्कीको धमाकेदार अभिनय रहेको छ। यस भिडियोको छायांकन नेपाल, अस्ट्रेलिया र अमेरिकाको बिभिन्न रमणीय स्थलहरुमा गरिएको छ।

प्रमोद कुमार भण्डारीको कोरियोग्राफी अनिल के मानन्धरको सिनेमाटोग्राफी र प्रविन भट्टको सम्पादन रहेको यस भिडियोलाई निर्देशन गणेश शाहीले गरेका हुन्।

यस्तो छ गीतको म्युजिक भिडियो

More News last news
Loading...