काठमाडौँ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको जानकारी दिए।
२४ घन्टामा कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्या १७५ जना रहेको छ । योसँगै हालसम्म निको हुनेको संख्या १८ हजार ८०६ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
