काठमाडौँ । चर्चित गायक नरेन्द्र प्यासीको नयाँ गीत ‘सम्झनामा नआउ तिमी चाहनामा नआउ’ बजारमा आएको छ।
प्यासीले ‘सम्झनामा नआउ तिमी चाहनामा नआउ, आइसकेपछि फेरि जाने गरी नआउ’ बोलको गीत बिन्ध्यवासिनी म्युजिक मार्फत बजारमा ल्याएका हुन् ।
आनन्द राज खनालको शब्द रहेको गीतमा आषिश अविरलले संगीत भरेका छन् । गीतमा गायक प्यासीको सुमधुर स्वर रहेको छ।
बिनोद वमले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा सनम कठायत, भरत सिंह ठकुरी, पुष्पा भण्डारी लगायकतका कलाकारको अभिनय रहेको छ।
गायक प्यासीका तिमीले दिने माया अजम्बरी छ भने, माया ओ माया, तिमी बिनाको जिवन, तिमीले दिने माया, मनभरि तन भरि, तिमीले हाँसे गजल, प्रिय तिमी बिना, के भुल भयो पियार …. म सँग बोल्दिनौ लगायतका दर्जनौँ गीतहरु स्रोता दर्शकमाझ अझै उत्तिकै लोकप्रिय छन्।
यस्तो छ नयाँ गीतको भिडियो :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
