भारतमा १५ दिनमै थपिए १० लाख नयाँ कोरोना सङ्क्रमित

काठमाडौँ । भारतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ३० लाख ४४ हजार नाघेको छ।

भारतमा आइतबार एकैदिन कोरोनाका ६९ हजार दुई सय ३९ जना सङ्क्रमित थपिएको त्यहाँको सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Advertisement

सङ्क्रमितमध्ये अहिलेसम्म २२ लाख बिरामी निको भएर घर फर्किएसँगै सङ्क्रमणपछि निको हुनेको प्रतिशत दर आइतबारसम्ममा ७४ दशमलव ८९ प्रतिशत रहेको छ।

पछिल्लो २४ घण्टामा नौ सय १२ जना सङ्क्रमितको ज्यान गएपछि भारतमा कोरोनाबाट ज्यान गुमाउनेको कुल सङ्ख्या ५६ हजार सात सय ६ पुगेको सरकारी त्यहाँको सरकारी तथ्याङ्कमा देखाइएको छ।

भारतमा १५ दिनमै १० लाख सङ्क्रमित थपिएका हुन्। गएको अगस्ट ७ मा सङ्क्रमितको सङ्ख्या २० लाख पुगेकोमा अहिले सङ्क्रमितको सङ्ख्या तीस लाख पाँच हजार नाघिसकेको छ।

सङ्क्रमितको सङ्ख्याको आधारमा भारत अमेरिका र ब्राजिलपछि तेस्रो नम्बरमा छ।

पछिल्लो १८ दिनयता सबैभन्दा धेरै दैनिक कोभिड–१९ का सङ्क्रमित भेटिइरहेका छन्।

 

More News last news
Loading...