काठमाडौँ उपत्यकामा खाद्यान्न र तरकारी पसल बिहान ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने

काठमाडौँ । काठमाडौँ भक्तपुर र ललितपुरमा खाद्यान्न तथा तरकारी पसल बिहान सवा ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ।

दिनभर नागरिक तरकारी र खाद्यान्न किन्न भन्दै निस्किन थालेपछि यो निर्णय भएको हो। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले यो निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएका छन्।

Advertisement

उनका अनुसार अत्यावश्यक वस्तु मध्ये खाद्यान्न, फलफूल, तरकारी, माछामासु लगायत विक्री वितरण गर्ने पसल बिहान मात्र ओल्न पाइने छ।

औषधि, पानी र स्वास्थ्य सामग्री विक्री वितरण गर्ने पसल भने जुनसुकै समयमा निर्वाद रुपमा चलाउन सकिने छ।

More News last news
Loading...