पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै थप १६६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै थप १६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी उपत्यकामा १६६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

Advertisement

त्यसैगरी हाल देशभर १३ हजार १५५ जना सक्रिय संक्रमित रहेका छन् भने ९ हजार २१२ जना संस्थागत आइसोलेशनमा रहेका छन्। होम आइसोलेसनमा ३ हजार ९४३ जना रहेका छन्।

More News last news
Loading...