आज तीन वटा प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौँ । आज दिनभरि ठूलो पानी पर्ने सम्भावना कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

अहिले काठमाडौँसहित धेरै ठाउँमा घाम लागेको छ ।

Advertisement

दिउँसो धेरै ठाउँको मौसम आंशिक बदली हुने तर गण्डकी प्रदेशका एकरदुई ठाउँमा भने चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ । साँझदेखि देशका धेरै ठाउँमा पानी पर्नेछ ।

प्रदेश एक, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा राति ठूलो पानी पर्ने सम्भावना रहेको पनि विभागले जनाएको छ।

न्यूनचापीय मौसमी प्रणाली आजदेखि थप सक्रिय हुने भएकाले रातिदेखि पानी पर्ने क्रम बढ्ने विभागको भनाइ छ।

More News last news
Loading...