भोलि सार्वजनिक बिदा

सरकारले भोलि आइतबार सार्बजनिक बिदा दिने भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायले मनाउँदै आएको अतबारी पर्वको अवसरमा प्रदेशभर सार्बजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब कृष्ण बहादुर राउतले जानकारी दिए।

Advertisement

उनका अनुसार गत जेठ २३ गते बसेको प्रदेश सरकार मन्त्रिपरिषदको बैठेकले श्रावण १९ गते सोमबार रक्षाबन्धन, भाद्र ७ गते आइतबार अतबारी, पौष २९ गते बुधबार भुवा पर्व र चैत्र २३ गते सोमबार खखडेहरा पर्वमा बिदा दिने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार भोलि अतबारी पर्वको बिदा परेको उनले बताए।

More News last news
Loading...