वीरगञ्ज । कोरोना संक्रमण (कोभिड-१९) बाट नेपालमा थप एक जनाको मृत्यु भएको छ। पर्साको बहुदरमाई नगरपालिका–४ डकैला बहुअरी बस्ने ६१ वर्षीय पुरुषको मृत्यु भएको हो।
यो सँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ। मृत्यु भएकामध्ये २७ जना पर्साका, ५ जना बाराका र रौतहटका २ जना छन्। जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो। तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन।
नारायणी अस्थायी कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा विहान ७ः१० बजे उनको मृत्यु भएको डा दीपक कुशवाहाले जानकारी दिए।
कोरोना संक्रमण पुष्टि भएपछि अलि अर्थो ट्रमा सेन्टरबाट गम्भिर अवस्थामा वीरगञ्ज हेल्थ केयरमा ल्याइएको थियो । उच्च रक्तचाप, मुटु र दम सम्बन्धी समस्याले ग्रस्त उनको स्वाब भदौ ३ गते संकलन गरिएको थियो । पीसीआर रिपोर्ट पोजेटिभ आएपछि भदौ ४ गते बेलुका ८ः३० बजे वीरगञ्ज हेल्थ केयरमा ल्याइएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
