काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ सय जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन्।
एक संक्रमितको मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ।
भीमसेनस्थानकी ६५ वर्षीया महिलाको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
