आज देशभर बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या १३ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा बाढी पहिरोका कारण देशका विभिन्न ठाउँमा ज्यान गुमाउनेको सङ्ख्या १३ जना पुगेको छ।

बाढी पहिरोमा परेर १७ जना हराइरहेका छन् भने १८ जना घाइते भएका छन्। ३० वटा घर पूर्णरुपमा भत्किएका छन् । बाढी र पहिरोका कारण अछाममा ६, बझाङमा दुई, दैलेखमा दुई, बाजुरा दुई र सुर्खेतमा एक जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ।

Advertisement

अछामको रामारोशन गाउँपालिका ५ मा बाढी पहिरोमा परेकामध्ये अहिलेसम्म ६ जनाको शव भेटिएको छ । हराइरहेका ११ जनाको खोजी बिहीबार बिहानदेखि फेरि सुरु गरिने गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउँदले जानकारी दिए ।

रामारोशन गाउँपालिकामा तत्काल राहत र उद्धारको काम अघि बढाउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओली र गृह मन्त्री रामबहादुर थापासँग बुधबार छलफल गरेका छन् ।

यस्तै दैलेखका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण दुई जनाको ज्यान गएको छ। कालीकोटको नरहरिनाथ गाउँपालिका ५ रुप्साको जात्तडामा पहिरोले दुई घर बगाउँदा हराएका चारै जनाको परिचय खुलेको छ।

More News last news
Loading...