नेपालमा कोरोनाबाट थप ६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थय मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ६ जनाको मृत्यु भएको जानकारी दिए। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५९ जनासहित देशभर ६८१ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए।

यो सँगै देशभर संक्रमितको कुल संख्या २८ हजार ९३८ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा थप १२० जना संक्रमण मुक्त भएका छन् भने निको हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ।

More News last news
Loading...